भारतबाट ल्याइएका बिजुली बस चीनबाट ल्याएको प्रमाणित गर्न नमान्दा सरुवा भएँ : सचिव

भारतबाट ल्याइएका बिजुली बस चीनबाट ल्याएको प्रमाणित गर्न नमान्दा सरुवा भएँ : सचिव

काठमाडौँ : सचिव कृष्णप्रसाद देवकोटालाई भारतबाट ल्याइएका इलेक्ट्रिक बसलाई चीनबाट ल्याएको प्रमाणित गर्न नमान्दा सरुवा गरेको बताएका छन् । सचिव कृष्णप्रसाद देवकोटाले आफू संस्कृति, पर्यटन तथा नगारिक उडड्यन प्राधिकरण मन्त्रालयबाट सरुवामा परेको दाबी गरेका छन्।

गत वर्ष मन्त्रालयमा सरुवा भएर आएका देवकोटालाई अहिले यृवा तथा खेलकुद मन्त्रालयमा पठाइएको हो।मन्त्रालयमा बुधबार बिदाइ कार्यक्रममा देवकोटाले इलेक्ट्रिक बसको दबाब नमान्दा आफू सरुवामा परेको पर्यटनमन्त्री रवीन्द्र अधिकारीकै सामुन्ने बताएका हुन्। कसले दबाब दिएको भन्ने उनले खुलाएनन्। यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.