मोरङ प्रहरीद्धारा १० वर्षपछि हत्यारा पक्राउ

मोरङ प्रहरीद्धारा १० वर्षपछि हत्यारा पक्राउ

विराटनगर, फागुन १०
जिल्ला प्रहरी कार्यालय मोरङले ज्यान मारी फरार भएका एक अभियुक्तलाई १० बर्ष पछि प्रकाउ गरेको छ । मोरङ प्रहरीले १० वर्षअघि हत्या गरी फरार भएका दिपक भट्टराई पक्राउ गरी सार्वजनिक गरेको हो ।

बि.स. २०६५ साल चैत ३१ मा मोरङ जिल्लाको डागीहाट महेन्द्र राजमार्गका २७ बर्षका दिपक पाण्डेलाई धारिलो हतियार प्रहार गरी भट्टराई फरार भएका थिए । पोखरा महानगरपालिकाको अन्नपुर्ण कलेजमा पढाउदै आएका ४३ बर्षका शरण भट्टराईलाई प्रहरीले केही दिन अघि प्रकाउ गरेको थियो ।

प्रहरीको टोलीले बिभिन्न स्थानको सुचनाको आधारमा अभियुक्त भट्टराईलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख मनोज केसीले जानकारी दिए । घटना घटेपछि परिवार सहित पोखरा हुदै भारतको बिभिन्न स्थानमा बस्दै काम गर्दै आएका अभियुक्त भट्टराई पछिल्लो समय भारतको दार्जिलिगं जिल्लाको पानीटयाकीमा बस्दै आएको प्रहरीले जानकारी गराएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.