कोरियन संस्थाले मोरङमा बाड्यो ३० थान लामखुट्टे नियन्त्रण गर्ने उपकरण

कोरियन संस्थाले मोरङमा बाड्यो ३० थान लामखुट्टे नियन्त्रण गर्ने उपकरण

विराटनगर, फागुन १२
मोरङ क्षेत्र नमबर ४ का प्रतिनिधी सभाका सांसद अमनलाल मोदीको संयोजनमा कोरियन फाउन्डेशनको सहयोगमा मोरङका विभिन्न स्थानीय वडा र कोशी अञ्चल अस्पताललार्ई लामखुट्टे नियन्त्रण गर्ने उपकरण वितरण गरिएको छ ।

कोरियन क्रुपे फाउन्डेशनको सहयोगमा ३० थान लामखुट्टे नियन्त्रण गर्ने उपकरण विराटनगरमा आज आयोजित एक कार्यक्रमका बीच वितरण गरिएको हो । कार्यक्रममा सांसद मोदीले कोरिया भ्रमणका क्रममा त्याहाका संघसंस्थासँग सहयोगका लागि समन्वय गरिएको जानकारी दिए ।

 

उनले विराटनगर र विरगञ्ज बढी मात्रामा लामखुट्टे प्रभावित क्षेत्र भएकाले आफूले नियन्त्रण गर्न सहयोगको आग्रह गरेको बताए । कोरियाबाट आएको प्राविधिक सहितको २२ जनाको टोलीले सो उपकरण कसरी प्रयोग गर्ने भन्ने पनि सिकाउने कार्यक्रममा जानकारी दिइएको थियो ।

क्षेत्र नम्बर ४ का २३ वडा र विराटनगर महानगरपालिका भित्रका १,२,३,८,१०,१९ र बुढी गंगा गाँउपालिकाका ४ वटा वडामा यस्तै मनमोहन पोलिक्लिनिक र कोशी अञ्चल अस्पताललाई एक एक थान उपकरण उपलब्ध गराउने कार्यक्रममा जानकारी दिइएको थियो । कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जिवन घिमिरे, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली लगायतले सहयोगी कोरियन संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.