चलचित्र ‘शुभ लभ’को ट्रेलर सार्वजनिक (भिडियो)

चलचित्र ‘शुभ लभ’को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौँ, फागुन १३
युवा ज्योतिष हरिहर अधिकारी अभिनित चलचित्र ‘शुभ लभ’को ट्रेलर सार्वजनिक भएको छ । चैत्र १५ गते रिलिजको तयारीमा रहेको सो चलचित्रको ट्रेलर सोमबार युट्युब मार्फत सार्वजनिक भएको हो ।

ट्रेलरमा हरिहर अधिकारी र नव नायिका कृस्टिन पौडेलबिचको प्रेम, बिछोडलाई देखाइएको छ । चलचित्रमा हरिहर ज्योतिषकै भूमिकामा छन् ।प्रदीपकुमार उदयको प्रस्तुति रहेको यो चलचित्रलाई सन्तोषबाबुृ लोहनीले निर्देशन गरेका हुन् । चलचित्रमा हरिहर र कृस्टिनको अलावा राजाराम पौडेल, सरोज खनाल, राजा राजेन्द्र पोख्रेल, प्रदीप बास्तोला, सूर्या थापा लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा धर्मराज शर्मा सुवेदी निर्माता हुन् भने यसमा छायाङ्कन रामेश्वर कार्कीको रहेको छ । अभिमन्यु निरबीको पटकथा र संवाद रहेको चलचित्रमा वन नेपालको एक्सन, बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.