भाषाशास्त्री पोखरेलको निधनको शोकमा भोलि सार्वजनिक विदा

भाषाशास्त्री पोखरेलको निधनको शोकमा भोलि सार्वजनिक विदा

विराटनगर, फागुन १३
भाषाशास्त्री बालकृष्ण पोखरेलको निधनको शोकमा विराटनगर महानगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिने भएको छ ।

सोमबार बसेको महानगरपालिकाको कार्यपालिका बैठकबाट विराटनगर– १० निवासी भाषाशास्त्री स्वर्गीय पोखरेलको सम्मानस्वरुप विराटनगर महानगरका १९ वटै वडा कार्यालयहरु , सामुदायिक तथा संस्थागत विद्यालयहरुमा शोकविदा दिने निर्णय गरेको हो ।

वि.सं १९९० भाद्र कृष्णाष्टमीका दिन मकवानपुरको चिसापानीगढीमा जन्मिएर विराटनगरलाई कर्मभूमि बनाएका पोखरेलको आइतबार बिहान १ बजे निधन भएको थियो । पोखरेलका १ सय १५ कृति प्रकाशित छन् । खस जातिको इतिहास, ५ सय वर्ष र नेपाली वृहत् शब्दकोष आदि उनका चर्चित कृति हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.