झोराहाटमा एम्बुलेन्स सेवा

झोराहाटमा एम्बुलेन्स सेवा

विराटनगर, फागुन १४
मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर १ झोराहाटमा अवस्थित रेमिट वचत तथा ऋण सहकारी संस्थाले एम्बुलेन्स सेवा शुभारम्भ गरेको छ । नेपाल सरकारको राजश्व छुटमा खरिद गरिएको एम्बुलेन्सले सेवा सुरु गरेको हो ।

सोमबार एक औपचारिक कार्यक्रमबीच झोराहाटका ज्येष्ठ नागरिक बखतबहादुर कार्की र लोकनाथ न्यौपानेले सेवाको शुभारम्भ गरे । सहकारी संस्थाकी अध्यक्ष उमा घिमिरेका अनुसार संस्थाले आफ्ना सदस्यलाई दश प्रतिशत छुट दिनेछ । सोवा शुभारम्भसँगै झोराहाट चौकमा सोमबार नै संस्थासँगको सहकार्यमा नोबेल मेडिकल कलेजले स्वास्थ्य शिविर आयोजना गरेको छ ।

शिविरमा पाँचसय स्थानीयले स्वास्थ्य जाँच गराएका छन् । कार्यक्रम उद्घाटन गर्दै नोबेलकी प्रबन्ध निर्देशक इन्दिरा शर्माले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा दिन आफूँहरु स्थानीय संस्थाहरुसँग सहकार्य गर्न तयार रहेको बताइन् । नोबेलका प्रबन्धक नारायणप्रसाद दाहालले नोबेलले आफ्नो सेवालाई अझ गुणस्तरीय बनाएको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.