मोरङमा डेढ कट्ठामा लगाइएको अवैध अफिम खेती नष्ट

मोरङमा डेढ कट्ठामा लगाइएको अवैध अफिम खेती नष्ट

विराटनगर, फागुन १४
मोरङ प्रहरीले डेढ कट्ठा बढी जग्गामा लगाइएको अफिम खेती नष्ट गर्नुका साथै खेतीगर्ने २ जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङको पथरी शनिश्चरे नगरपालिका र सुनबर्षी नगरपालिकाको भित्रि क्षेत्रमा लगाइएको अफिम खेती नष्ट गरेको हो ।

सो क्रममा प्रहरीले विभिन्न ब्यक्तिले १ कट्ठा १४ धुर जग्गामा लगाएको ३ हजार ३४ वटा अफिमको बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

प्रहरीले विशेष अप्रेशन संचालनगर्दै पथरी शनिश्चरे नगरपालिका ५ मा ७ धुर जग्गामा अफिम खेती गरेका ५० बर्षिय चन्द्रप्रसाद गन्गाईको खेतीमा लगाइएको अफिम नष्ट गर्नुका साथै उनलाई पक्राउ गरेको छ ।

यस्तै सुनबर्षी नगरपालिका २ बस्ने ५२ बर्षिय बज्रु गन्गाईलाई ४ धुर जग्गामा अफिम खेती गरेको अभियोगमा पक्राउ गरिएको छ । प्रहरीले उनले लगाएको अफिम खेती समेत नष्ट गरेको छ । यसैगरि सोहि ठांउका ३५ बर्षिय बासुदेव गन्गाईको १ कट्ठा जग्गामा लगाइएको अफिम खेती समेत प्रहरीले नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय पथरी तथा इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले अफिम खेती नष्ट गर्नुका साथै २ जनालाई पक्राउ गरेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.