भोलि राष्ट्रिय शोकको घोषणा,सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय

भोलि राष्ट्रिय शोकको घोषणा,सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ,फागुन १५
सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ ।

मन्त्री अधिकारीसहित सातजनाको ज्याने गरी बुधवार भएको हेलिकप्टर दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले भोलि राष्ट्रियशोक मनाउने निर्णय गरेको हो ।

भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ ।दिवङ्गत मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्तिम संस्कार गर्ने र उच्चस्तरीय छानबिन आयोग गठन गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ।

मन्त्री अधिकारी चढेको हेलिकप्टर पूर्वी नेपालको ताप्लेजुङमा बुधबार दिउँसो दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै सात जनाको मृत्यु भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.