काठमाडौं : प्रहरी प्रधान कार्यालयका अनुसार २०७१ सालपछि आठ हजार ४२६ जना प्रहरीले संगठन छाडेका छन्। छाडेका अधिकांश वैदेशिक रोजगार र आफ्नै व्यवसाय गर्दै आएका छन्।,यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ।
विशेषगरी दुबई सेक्युरिटी गार्ड र प्रहरीमा जान तल्लो दर्जाका प्रहरीले पेन्सन अवधि पुग्नासाथ राजीनामा दिने गरेको बताउँछन् प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी उत्तमराज सुवेदी। यस वर्ष जवानदेखि सइसम्म १५९ जनाले राजनीनामा दिइसकेको छन् ।
ठूलो संख्यामा दरबन्दी खाली भएपछि पूर्ति गर्न कम्तीमा दुई वर्ष लाग्ने मुख्यालयले जनाएको छ। माथिल्ला दर्जाको बढुवा भएपछि रिक्त पद छिट्टै पूर्ति गर्न कम्तीमा दुई वर्ष लाग्ने मुख्यालयले जनाएको छ।