जुम्ला : सकारले वितरण गर्ने अनुदानको नुन जुम्लाका ब्यापारीले पसलबाटै खुलेयाम बिक्री गर्ने गरेका छन् । जुम्ला सरदमुकाम खलंगादेखि ग्रामीण बजारमा रहेका हजारौँ ब्यापारीले पसलबाटै सरकारी अनुदानको नुन खुलेयाम बिक्री गरिरहेका हुन् । ब्यापारीहरुले घरमा खानका लागि भन्दै नेपाल साल्ट टेड्रिङ करर्पोरेसन शाखाबाट अनुदानको नुन लिएर स्थानीयलाई दोब्बर मूल्यमा बिक्री गर्ने गरेका हुन् ।,यो समाचार कारोबार दैनिकमा सागर परियारले लेखेका छन् ।
प्रतिकेजी नौ रुपैयाँमा पाइने अनुदानको नुन गाउँघरमा सर्वधारणले पसलबाट २५ देखि ३० रुपैयाँसम्म किन्ने गरिरहेका छन् । सरोकारवाला निकायले बजार अनुगमनका क्रममा खुद्रादेखि फेन्सी पसलेहरुले सरकारी अनुदानको नुन दोब्बर मूल्यमा बिक्री गर्ने गरेको पाइएको हो ।धेरै समयपछि बजार अनुगमन गाउँमा केन्द्रीत गरेपछि यस्तो खुलासा भएको नागरिक समाजका सदस्य मानदत्त रावलले बताए । उनले मनपरी रुपमा अनुदानको नुन बेच्नेलाई कारबाही गर्नु पर्ने बताए ।