जीवित बाबुलाई मरेको भन्दै नागरिकता लिने भारतीय पक्राउ

जीवित बाबुलाई मरेको भन्दै नागरिकता लिने भारतीय पक्राउ

काठमाडौं : ज्यूँदो बबाबुलाई मरेको भन्दै किर्ते गरी नेपाली नागरिकता लिएका भारतीय नागरिक पक्राउ परेका छन्। भारत विहार अयरियाका शम्भुप्रसाद साहले नागरिकता अभिलेखमै नभएका व्यक्तिको नाम राखी कागजपत्र बनाई जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता लिएका थिए।,यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

२०५६ पुस १३ मा जारी नागरिकतामा साहका बुबा स्व अनुपलाला साह लेखिएको छ। तर उनका बाबु विश्वनाथ साह जीवितै छन्। नगर पञ्चायत जोगबनीले तयार पारेको आमनिर्वाचन नामावलीमा साहको बाबुको नाम विश्वनाथ लेखिएको छ।

मोरङ जिल्ला, विराटनगर ठेगाना उल्लेख गरेका साहले सुरुमा बनाएको नागरिकता हराएपछि वंशजका आधारमा काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट २०६४ पुस १७ गते प्रतिलिपि लिएको पाइएको छ। साहविरुद्ध गृह मन्त्रालयमा उजुरी परेपछि महानगरीय प्रहरी परिसर टेकुले छानबिन गरेको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.