काठमाडौं : सइबर अपराधमा सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग सबै भन्दा बढी हुने गरेको छ। फेसबुकपछि म्यासेन्जर, वेबपेज ग्रुप तथा अनलाइन, युट्युब, भाइबर, ट्विटर र इमो छन्।
प्रहरी प्रधान कार्यालकाअनुसार यो आर्थिक वर्ष सुरु भएको साउन महिनायता फेसबुकबाट ८५२ वटा साइबर अपराधका घटना भएका छन्। ती मध्ये १७ वटा घटनामा संलग्न अभियुक्तविरुद्ध कानुनी कारबही भएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमकुमार सुवेदी फेसबुमा नियोजित ढंगले दुरुपयोग बढी हुने गरेकोले साइबर अपराध बढेको बताउछन्। अपवाद तथा भूलतावस भन्दा पनि नक्कली परिचय खुलाएर अपराध गर्ने क्रम बढ्दो छ।
केन्द्रीय अनुसन्धान ब्यूरो र महानगरीय प्रहरी अपराध महाशाखाबाट प्राप्त तथ्यांकअनुसार यो आर्थिक वर्षमा साइबर अपराध म्यासेन्जरबाट ४९ युट्युवबाट १९, अनलाइन वेवपेजबाट १०, इमोबाट आठ, इन्स्टाग्रामबाट आठ, भाइबरबाट चार, ट्वीटरबाट दुई र अन्य पाँचवटा गरी वेब तथा एप प्रयोग भएका छन्। याे खबर आजकाे गाेरखापत्रमा छ।