अध्यक्ष मण्डलसहित राजपाको प्रदेश वैठक सम्पन्न

अध्यक्ष मण्डलसहित राजपाको प्रदेश वैठक सम्पन्न

विराटनगर, फागुन १७
राष्ट्रिय जनता पार्टी (राजपा) प्रदेश नं. १ को बैठक विराटनगरमा सम्पन्न भएको छ । सो पार्टीको प्रथम महाधिवेशनका सन्दर्भमा केन्द्रीय कार्यालयको आयोजनामा अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवसहित सम्पूर्ण नेताहरुको उपस्थितीमा बैठक सम्पन्न भएको हो ।

बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरु, केन्द्रीय सदस्यहरु तथा झपा, मोरङ, सुनसरी, उदयपुर र धनकुटा जिल्लाका अध्यक्ष मण्डलका सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो ।

बैठकमा अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादव, अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, राजकिशोर यादव, अनिलकुमार झाले संगठन विस्तार पार्टीका आगामी कार्ययोजनाका विषयमा प्रकाश पारेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.