फेवातालमा प्याराग्लाइडिङ दुर्घटना हुदा रोमानियाका नागरिकको मृत्यु

फेवातालमा प्याराग्लाइडिङ दुर्घटना हुदा रोमानियाका नागरिकको मृत्यु

पोखरा, फागुन १९
पोखराको सराङकोटबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खसेर दुर्घटना हुँदा घाइते रोमानियाली पर्यटकको ज्यान गएको छ । ज्यान गुमाउनेमा अन्दाजी ४२ वर्षका रोमानियाका इद सिस जेर रहेको प्रहरीले जानकारी दिएको छ ।

आइतबार सराङकोटबाट बिहान ११ बजेतिर उडेको प्याराग्लाइडिङ ल्याण्ड गर्ने क्रममा हावाको वेगसँग तालमेल मिलाउन नसक्दा ११ बजेर २० मिनेट जाँदा तालमा खसेको थियो ।

तालमा खसेपछि शसस्त्रको उद्धार टोलीले र स्थनीय डुङ्गा व्यवसायीले उद्धार गरेर मेट्रोसिटी हस्पिटलमा र्पुयाएका थिए । उनको आकस्मिक कक्षमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.