काठमाडौँ, फागुन १९
चत्रै १५ गतेबाट प्रदर्शन हुने चलचित्र ‘साइँली’ को ट्रेलर सार्वजनिक गरिएको छ । दयाहाङ राई, गौरव पहाडी, मेनुका प्रधान, माओत्से गुरुङ, केनिपा सिङ्गको मुख्य भुमिका रहेको सो चलचित्रको ट्रेलर आईतबार सार्वजनिक गरिएको हो । साइँलीको यस अघी दुई गीत सार्वजनिक गरी सकिएको छ ।
जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्र साइँलीलाई गायक हेमन्त राना र गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । चलचित्रलाई भने रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।
विशाल गुरुङ र मोहन राना मगरको लगानी रहेको चलचित्रमा बिजय अवाले, विकाश पुजास, सुवेच्छा केसी सह निर्माताको रुपमा रहेका छन् । भने चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । चलचित्रमा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।









