मदिरा पसलको अनुमती खोल्दै विराटनगर महानगरपालिका

मदिरा पसलको अनुमती खोल्दै विराटनगर महानगरपालिका

विराटनगर : विराटनगर महानगरपालिकाले डेढ वर्षदेखि बन्द गरेको मदिरा पसल सञ्चालनको अनुमती पुन: खोल्ने तयारी गरेको छ ।
महानगरले नयाँ मदिरा पसल सञ्चालनमा प्रतिबन्ध लगाउँदा पुराना पसलहरुको अनुमतीपत्र (लाईसन्स) कालोबजारीमा बिक्री हुन थालेपछि पुन: नयाँ मदिरा पसल सञ्चालनको अनुमती दिने तयारी गरेको हो ।

महानगरपालिकाको २०७४ भदौमा भएको पहिलो नगरसभाबाट नयाँ मदिरा पसलको स्वीकृती दिन बन्द गरिएको थियो । दोस्रो नगरसभाबाट पनि नयाँ अनुमती नदिने प्रस्ताव पारित गरेको थियो । तर कालोबजारी र ब्यबसायीहरुले असन्तुष्टि जनाएपछि कार्यविधि बनाएर अनुमती दिने तयारी गरिएको महानगरपालिकाले जनाएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.