अब दर्ता नभएका शिक्षकले पढाउन नपाइने

अब दर्ता नभएका शिक्षकले पढाउन नपाइने

काठमाडौं : शिक्षण पेशामा प्रवेश गरेकाको रजिस्ट्रेसन गरिने भएको छ। अबदेखि शिक्षण पेशामा प्रवेश गर्न चाहने र पेशामा प्रवेश गरेका जनशक्तिको रजिस्ट्रेसन गरी अभिलेख राखिने भएको छ।

त्यसका लागि संघीय शिक्षा ऐन, २०७५ को मस्यौा पारित भएपछि अधिकारसम्पन्न नेपाल टिचिङ काउन्सिल गठन हुनेछ। विद्यालय शिक्षामा अध्यापन गर्न योग्य विद्यार्थी निर्धारणका लागि काउन्सिल स्थापना हुने भएको हो।

काउन्सिलले शिक्षकहरूको पेशागत गुणस्तर सुधार गर्न भूमिका खेल्नुपर्ने सरोकारवाला बताउँछन्। संघीय शिक्षा ऐन, २०७५ को मस्यौदामा काउन्सिल स्थापना हुने प्रस्ताव गरिएको छ। प्रस्तावमा विद्यालय सेवामा अध्यापकका रूपमा प्रवेश गर्न चाहनेका लागि पूर्वयोग्यता परीक्षण गरी अध्यापन अनुमतिपत्र दिने अधिकार काउन्सिललाइ दिइएको छ।

त्यस्तै शिक्षण पेशालाई व्यवस्थित र मर्यादिन बनाउन सरकारलाई सुभाmव दिने र विभिन्न कोर्स सञ्चालन गर्ने अधिकार पनि काउन्सिललाई दिइएको छ।,यो समाचार आजको राजधानी दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.