‘ए टु जेड मोबाईल केयर’मा मोबाईल खरिदमा नौलो सुविधा

‘ए टु जेड मोबाईल केयर’मा मोबाईल खरिदमा नौलो सुविधा

विराटनगर, फागुन २२
विराटनगरको जलजला चौकमा रहेको ‘ए टु जेड मोबाईल केयर’ मा ग्राहकहरुले शुन्य प्रतिशत डाउन पेमेन्टमा मोबाईल खरिदको सुविधा पाउने भएका छन् । ए टु जेडबाट मोबाईल लगायत २० हजारदेखि ५ लाखसम्मका अन्य सामाग्री खरिद गर्ने ग्राहकहरुले मेघा बैंकबाट श्रृण सुविधा पाउने भएका हुन् ।

यसका लागि मंगलबार मेघा बैंक र ए टु जेड मोबाईल केयरबिच सम्झौता भएको छ । मेघा बैंकमा खाता भएका ग्राहकहरुले आफ्नो आयस्रोत देखाई एकवर्षसम्ममा बैंकमा किस्ता तिरिसक्ने गरी ए टु जेडबाट मोबाईल लगायतका सामाग्रीहरु खरिद गर्न सक्ने मेघा बैंकले जनाएको छ ।

साथै मेघा बैंकले ए टु जेडलाई पोस मेसिन समेत हस्तान्तरण गरेको छ । जसमार्फत मेघा बैंकको क्रेडिट कार्ड भएका ग्राहकहरुले क्रेडिट कार्ड मार्फत रकम भुक्तानी गर्न सक्ने छन । ए टु जेड मोबाईल केयरमा मोबाईल एक्चेन्ज लगायतका सामाग्रीहरुको खरिदमा विभिन्न किसिमका उपहार समेत रहेको ए टु जेड मोबाईल केयरका सञ्चालक जगदीश डागाले बताए ।

सो मोबाईल केयरले सामसुङ, ओप्पो, लाभा, भिभो, एमआई लगायत सबै ब्राण्डका मोबाईलहरुको कारोबार गर्दे आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.