काठमाडौं, फागुन २२
रेशम चौधरीमाथि आजीवन काराबास फैसलापछि राष्ट्रिय जनता पार्टी राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । राजपाको बुत्रबार बसेको आपतकालिन बैठकले यस्तो निर्णय गरेको हो ।
कैलाली अदालतले रेशम चौधरीमाथि आजीवन काराबासको फैसला गरेपछि राजपाका नेताहरु केही घण्टाअघि आपतकालिन बैठक बसेका थिए । दुईतिहाई बहुमतको सरकारलाई समर्थन फिर्ता दिने राजपाको यस्तो निर्णयसँगै सरकारलाई केही धक्का लाग्ने अपेक्षा गरिएको छ ।