घुसकाण्डमा मुछिएका उपराष्ट्रपतिका छोरा दीपेशसँग अख्तियारले बयान लिने

घुसकाण्डमा मुछिएका उपराष्ट्रपतिका छोरा दीपेशसँग अख्तियारले बयान लिने

काठमाडौं : अख्तियार अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको प्रकरणमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलगायत विभिन्न व्यक्तित्वसँग वयान लिने तयारी गरेको छ।

अख्तियारले उपराष्ट्रपति पुनका छोरी दीपेश र अखिल क्रान्तिकारी नेता कैलाश मगर र उक्त प्रकरणमा मुछिएका दर्जनभन्दा बढीसँग वयान लिन लागेको हाे ।

आयोगले पाठलाई घुस बुझाउने चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका अध्यक्ष लम्बोदर न्यौपानेसँग बिहीबार वयान लिने भएको छ। राजपा नेपालका नेता ज्ञानेन्द्र झाले न्यौपानेको ७८ लाख रुपैयाँ पाठकलाई बुझाएका थिए।, याे खबर आजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.