पोखराका ५६ मध्ये ५५ प्याराग्लाइडिङ कम्पनी नवीकरण नगरी सञ्चालित

पोखराका ५६ मध्ये ५५ प्याराग्लाइडिङ कम्पनी नवीकरण नगरी सञ्चालित

कास्की : पोखराका प्याराग्लाइडिङ कम्पनीले चार वर्षदेखि नवीकरण नगरीकनै व्यवसाय गरिरहेका छन् । ५६ मध्ये ५५ कम्पनीले चार वर्षदेखि नवीकरण गरेका छैनन् ।

पोखरा महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले पटक–पटक आग्रह गर्दा पनि प्याराग्लाइडिङ कम्पनीहरूले नवीकरण गर्न अटेर गरेको बताए । प्रत्येक कम्पनीले आर्थिक वर्ष ०७२/७३ देखिको एकमुष्ठ नवीकरण शुल्क ८६ हजार र प्रदेश पर्यटन शुल्कबापत एक लाख बुझाउन बाँकी छ ।

महानगरका राजस्व शाखाका वरिष्ठ आन्तरिक लेखापरीक्षक अधिकृत रोमनाथ उपाध्यायले ०७२/७३ को ५ हजार ५ सय, ०७३/७४ को ५ हजार ५ सय, ०७४/७५ को ५० हजार र चालू आव ०७५/७६ को २५ हजार गरी प्रत्येक कम्पनीले नवीकरणबापत ८६ हजार शुल्क बुझाउनुपर्नेछ । यस्तै, प्रदेश सरकारले तोकेको पर्यटन शुल्कबापत प्रत्येकले वार्षिक एक लाख बुझाउनुपर्ने उनले बताए । ,यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.