सिके राउतमा असाधारण निर्णय क्षमता : प्रधानमन्त्री ओली

सिके राउतमा असाधारण निर्णय क्षमता : प्रधानमन्त्री ओली

काठमाडौं, फागुन २४
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र मधेस गठनबन्धनका नेता सिके राउतमा पनि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा जस्तै असाधारण निर्णय क्षमता भएको बताएका छन् ।

राउत नेतृत्वको मधेस गठबन्धन र सरकारबीच ११ बुँदे सहमतिपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राउतमा असाधरण निर्णय क्षमता भएको बताएका हुन् ।

‘अध्यक्ष प्रचण्डले सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रुपान्तरण गरेर नेकपा बनाउन असाधरण निर्णय क्षमता देखाउनुभयो, त्यस्तै राउतमा पनि देखियो’ प्रधानमन्त्री ओलीले भने । निर्णय गर्न ठूलो मुटु चाहिने भन्दै प्रधानमन्त्री ओलीले राउतको प्रशंसा समेत गरे । यसअघि गृहमन्त्री रामबहादुर थापा र राउतले ११ बुँदे सहमतिमा हस्ताक्षर गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.