क्यान्सरको सचेतनाका लागि लियोको लेडि रोड रन सम्पन्न

क्यान्सरको सचेतनाका लागि लियोको लेडि रोड रन सम्पन्न

विराटनगर,फागुन २४
लियो क्लब अफ बिराटनगर इनोभेटिभको आयोजनामा लेडि रोड रन—२०१९ विराटनगरमा भव्यताका साथ सम्पन्न भएको छ । बिराटनगर-९ स्थित तुलसा मदर एण्ड चाइल्ड अस्पतालबाट सुरु भएको रोड रन सोहि ठाँउमा पुगेर विभिन्न कार्यक्रमको आयोजना गर्दै सम्पन्न भएको छ ।

लियो क्लब अफ इनोभेटिभका अध्यक्ष अंकिता कट्टेलको अध्यक्षतामा भएको उक्त लेडि रोेड रनको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटि हस्पिटल र तुलसा मदर एण्ड चाइल्ड अस्पतालका अध्यक्ष तथा वरिष्ठ न्यूरोलोजिष्ट डा. बीरेन्द्र कुमार बिष्टले संयुक्त रुपमा गरेका थिए ।

 

दौड पछि आयोजित कार्यक्रममा मेयर पराजुलीले यस किसिमका कार्यक्रमहरुले आम जनतामा स्वास्थ्य प्रति सचेतना जाग्ने बताए । यस्तै वरिष्ठ न्यूरोलोजिष्ट डा. बिष्टले नारी दिवसको महिमा अथवा यथार्थता, कुनै नारी वर्ग विशेष प्रति मात्र लक्षित नभएर प्रगति पथको अभियान रहेको बताए । उनले राज्यले महिलालाई एकदिने सार्वजनिक विदाको प्रावधान , हप्ते कार्यक्रम वा विभिन्न सेमिनार, गोष्ठीमै सीमित गर्ने परम्पराले महिलाको अधिकार र विभेदरहित समाजको प्रत्याभुति दिनसक्छ वा सक्दैन भन्ने विषय आम महिलाको चासो र बहसको विषय हुनुपर्नेमा जोड दिए ।

 

यस्तै तुलसा अस्पतालका वरिष्ठ गाइनोक्लोजिष्ट डा. रेणुका राठीले स्तन क्यान्सरबाट बच्ने उपायका विषयमा प्रकाश पारेकी थिइन् । कार्यक्रममा वरिष्ठ इन्टरभेन्सल कार्डियोलोजिष्ट डा. निकेसराज श्रेष्ठ , वरिष्ठ फिजिसियन डाक्टर अग्रज उप्रेती लगायतले महिला स्वास्थ्य तथा महिला सशक्तिकरणको विषयमा प्रकाश पार्नुको साथै विजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.