विराटनगर, फागुन २४
नेपाल ट्रेड युनियन महासंघ १ नम्बर प्रदेश महिला कमिटिले अन्तराष्ट्रिय महिला श्रमिक दिवस विविध कार्यक्रम आयोजना गरी मनाएको छ । ट्रेड युनियन महासंघले विराटनगरमा शुक्रबार विविध कार्यक्रम आयोजना गरि मनाएको हो ।
विराटनगरस्थित बसपार्क पछाडी नेपाल ट्रेड युनियन महासंघको प्रदेश कार्यालयबाट निस्किएको ¥यालीले नगरको विभिन्न भाग परिक्रमा गरी पान्चालीमा रहेको नेपाल कम्यिुनिष्ट पार्टी (नेकपाको) पार्टी कार्यालयमा पुगेर कोण सभामा परिणत भयो ।
नेपाल ट्रेड युनियन प्रदेश महिला कमिटिले प्रत्येक वर्ष श्रमिक महिला दिवस मनाउँदै आएको अध्यक्ष निलम ढुङगेलले जानकारी दिइन् । ¥यालिपछि आयोजित कार्यक्रममा नेकपाको केन्द्रीय सदस्य बिनोद ढकाल, गोपी आछमीको प्रमख अतिथिमा कार्यक्रम भएको थियो । कार्यक्रममा जिफन्ट प्रदेश अध्यक्ष किशोर धमलालगायतको उपस्थीति रहेको थियो ।