महिला साफको तयारी पूरा, सबै खेलाडी विराटनगर आईपुगे

महिला साफको तयारी पूरा, सबै खेलाडी विराटनगर आईपुगे

विराटनगर, फागुन २६
काठमाडौ बाहिर पहिलो पटक विराटनगरमा यही फागुन २८ गतेदेखि हुन गईरहेको साफ महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको एन्फाले जनाएको छ । च्याम्पियनसिपका लागि पाकिस्तान र आफगानिस्तान बाहेक सबै देशका खेलाडी विराटनगर आइपुगेको एन्फाले जनाएको छ । फुटबल प्रतियोगिता आयोजना हुने विराटनगरको सहिद रंगशालाको मर्मत सकिएको छ ।

यस्तै खेलाडीको चेन्जिङ रुम निर्माण लगायतका सम्पूर्ण काम पनि सम्पन्न भएको एन्फाले जनाएको छ । प्रतियोगिता काठमाडौं बाहिर पहिलो पटक हुन लागेकोे भएरपनि आवश्यक पूर्वाधारको मर्मत तथा निमार्णका लागि लामो समयदेखि काम भईरहेको थियो । प्रतियोगिताको तयारी ९९ प्रतिशत सकिएको एन्फा उपाध्यक्ष तथा खेल तयारी समितका संयोजक पंकजविक्रम नेम्वाङले बताएका छन् ।

‘अब केही प्राविधिका विषयहरु मात्र बाँकी होलान’ उनले भने ‘प्रतियोगिताका लागि आवश्यक सबै तयारी पूरा भएका छन् । प्रतियोगिताका लागि नेपालीबाहेक खेलाडी र प्रशिक्षकसहित दुई सयजना विदेशी पाहुना विराटनगर आइपुगेका छन् ।’

खेलाडीको अभ्यासका लागि डीपीएस मैदान, प्रदेश प्रहरी तालिम केन्द्र रानीको मैदान र विराटनगर जुट मिलको मैदान स्तरोन्नति गरि सकिएको छ । खेलाडी, अफिसियल, प्रशिक्षक तथा प्रतियोगितासँग सम्बन्धित व्यक्तिकाको बसोबासको लागि विराटनगरका ५ वटा होटल बुक गरिएको पनि एन्फा उपाध्यक्ष नेम्वाङले बताएका छन् ।

फागुन २८ गते हुने पहिलो उद्घाटन खेलमा आयोजक राष्ट्र नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ । नेपाल समूह ए मा छ । यस्तै भुटान र बंगलादेश पनि समूह ए मा नै छन् । चारपटकको बिजेता भारतसहित श्रीलंका र माल्दिभ्स समूह बी मा छन् । अन्तिम समयमा पाकिस्तानले सहभागिता नजनाउने बताएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.