भारतबाट ल्याउँछ विप्लव समूहले हतियार

भारतबाट ल्याउँछ विप्लव समूहले हतियार

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले हतियार र विस्फोटक पदार्थ भारतबाट भि­त्र्याएको पाइएको छ। केही दिनदेखि उक्त समूहले मुलुकका विभिन्न ठाउँमा आतंक मच्चाउँदै आएको छ।

प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले खुला सीमाका कारण भारतबाट अवैध रूपमा विस्फोटक सामग्री भित्रिएको दाबी गरेका छन्। उनले द्वन्द्वका समयमा सञ्चित विस्फोटक पदार्थलाई अहिले विप्लव समूहले प्रयोग गरिरहेको बताए। सुवेदीले विस्फोटक पदार्थ सञ्चितबारे प्रहरी चनाखो भएर लागेको बताए।

प्रहरीको विशेष ब्युरोमा लामो समय काम गरेका एक अधिकृतले भने, ‘ द्वन्द्वकालमा तत्कालीन माओवादीले हतियार र अन्य विस्फोटक पदार्थ भारतबाट ल्याएका थिए। अहिले विप्लवले पनि सोही संयन्त्रबाट विस्फोटक पदार्थ भित्र्याएको देखिन्छ।’

विस्फोटक पदार्थलगायत अवैध वस्तु उपत्यका भित्रिने प्रमुख नाका थानकोट हो। थानकोटमा खटिएका प्रहरी अझै पनि प्रविधिमैत्री छैनन्। प्रहरी जवानले डायरीमा गाडी आउजाउ गरेको तथ्यांक संकलन गरेर बस्छन्। जगाती, फर्पिङ, बाइपासलगायतबाट पनि निर्बाध गाडी आउजाउ हुन्छ। सुरक्षा जाँचमा खटिएका प्रहरीसँग गाडी स्क्यान गर्ने प्रविधि छैन। हेरेको र छामेको भरमा सुरक्षा चलेको छ।,यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुवास गोतामेले लेखेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.