विराटनगर,फागुन २८
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पहलमा अनेरास्ववियुका केन्द्रीय सचिव वसिम आलमले मोरङका विभिन्न विद्यालयमा २० लाखको कम्प्युटरसहित फर्निचर वितरण गरेका छन् ।
रंगेली र संघीय मामिला मन्त्रालयको समन्वयमा आलमले ति सामाग्री वितरण गरेका हुन् । सचिव आलमले रंगेलीसहित मोरङका ५ विद्यालयलाई फर्निचर उपलब्ध गराएका हुन् । उनले रंगेली स्थित आर्दश माध्यमिक विद्यालय र अभिजित दत्त प्राथमिक विद्यालयमा कुर्सी, दराज, सोफा, टेवल, डस्विन लगायतका सामाग्री वितरण गरेका हुन् ।
यसैगरी आलमले विराटनगर १२ स्थित बखरी आधारभुत विद्यालयमा समेत कम्पुटर सहित फर्निचर उपलब्ध गराए छन् भने अलजामे अतुल गौसिया उनिसुल उलुम आधारभुत विद्यालय विराटनगर ९ र मर्दशा हानफिया कादरीया आधारभुत प्रावि कटहरी गरी दुई धार्मिक विद्यालयलाई पनि फर्निचर र कम्प्युटर वितरण गरेका छन् ।
विद्यालयहरुको पुर्वाधार कमजोर देखिएकाले मन्त्री पण्डितको पहलमा मोरङका ५ विद्यालयहरुमा कम्प्युटरसहित आवश्यक फर्निचर उपलब्ध गराएको सचिव आलमले जानकारी दिए ।










