सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगायो

सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगायो

काठमाडौं : सरकारले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि प्रतिबन्ध लगाएको छ । सर्वसाधरणको ज्यान नै जाने गरी बम विस्फोटन र चन्दा मागरे त्रास र्सिजना गरेको भन्दै मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सो समूहमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वार्तामा बोलाउँदासमेत नआएपछि सरकारले प्रतिबन्ध लगाउन परेको जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओलीले उक्त बैठकमा विप्लव समूहको गलत क्रियाकलाप बन्द गर्न कठोर कदम चाल्नुपर्ने अवस्था र्सिजना भएकाले सरकार चुप लागेर बस्न नहुने बताउनुभएको थियो ।, याे समाचार नेपाल समाचारपत्रमा लेखेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.