काठमाडौं ,फागुन ३०
फेसबुकले धेरै प्रयोगकर्ताहरुमाझ आफ्नो कनेक्सन गुमाएको छ । करिब २४ घण्टायता धेरै प्रयोग कर्ताहरुले फेसबुकले काम नगरिरहेको टुइटरमा समेत भनेका छन् । इन्सटाग्रामले पनि कम प्रयोगकर्ताहरू माझ मात्रै काम गरिरहेको छ ।
फेसबुकले यो समस्या ह्याक नभएको तर अन्य समस्या देखिएको र त्यस्लाई फिक्स गर्नमा आफु लागेको बताएको छ ।
We’re aware that some people are currently having trouble accessing the Facebook family of apps. We’re working to resolve the issue as soon as possible.
— Meta (@Meta) March 13, 2019
यसअघि बुधबार जिमेलले पनि काम गर्न छोडेको थियो । पछि समस्या फिक्स गरेपछि जिमेलले काम गरेको छ ।
फेसबुकले काम नगरेको र समस्या भएको कुरा टुइटरमार्फत जानकारी गराएको थियो ।