बाराको जीतपुरसिमरा उपमहानगरपालिका सिमरामा रहेको हुलास स्टिल ईन्ड्रिस्टीज प्रा.लि मा शनिवार आगलागी भएको छ । अपरान्ह् १२ बजे हुलास स्टिलको कुलिङ्ग टावरमा आगलागी भएको हो ।
आगलागीको कारण अहिले सम्म खुल्न सकेको छैन । त्याँहाका कर्मचारीका अनुसार कामदार त्याँहा पुग्दा आगो सल्कि रहेको थियो । नेपाल आयल निगम अमलेखगञ्ज र जीतपुरसिमरा उपमहानगरको बारुण यन्त्रले करिब ४० मिनेंटको प्रयास पछि आयो नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरी , शसस्त्र प्रहरी र कर्मचारीको सहयोगले आगो नियन्त्रणमा आएको हो । आगलागीबाट करिब ४० लाख बढीको प्रारम्भिक क्षतिको अनुमान गरिएको कम्पनीका प्रमुख जवाहर लाल आर्यले बताएका छन ।