विराटनगर, चैत २
विराटनगरको पुष्पलाल चौकस्थित पेरागन एकेडेमी माध्यमिक विद्यालयले आफ्नो २३ औं बार्षीकोत्सव मनाएको छ । विराटनगर ३ स्थित स्कुल परिसरमा विविध कार्यक्रम गर्दै विद्यालयले बार्षिकोत्सव र अभिभावक दिवस मनाएको हो । सो अवससरमा विद्यालयले ३५ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
स्कूलले ७० वर्ष माथिका ३५ जना जेष्ठ नागरिकलाई दोसल्ला र कदर पत्रले सम्मान गरेको हो । ९५ वर्षिय जेष्ठ नागरिक एवम स्कूलका अभिभावक इन्दिरा घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम संचालन गरिएको थियो ।

कार्यक्रममा कक्षा ११ को बोर्ड परीक्षामा ३ दशवलव ३२ जिपीए ल्याउने स्कूलकी छात्रा निशा पोखरेललाई सम्मान गरिएको थियो भने एसईइ परीक्षामा दिने २६ जना विद्यार्थीहरूलाई विदाई गरिएको थियो । सो अवसरमा विद्यालयका प्रिन्सिपल दिपक घिमिरले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै जीवनोपयोगी शिक्षा प्रदान गर्दै आएको बताए ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय सल्लाकार डा. उद्धब पोखरेल, डा. मनोज राउत, प्याब्सन मोरङका सहसचिब विष्णुं डंगोल लगायतको उपस्थिति थियो । सो अवसरमा विद्यार्थीहरूले साँस्कृतिक नृत्य, गीतसहित कविता वाचन गरेका थिए ।










