प्रदेश लोकसेवा गठनका लागि प्रदेश १ सरकारको स्वीकृति

प्रदेश लोकसेवा गठनका लागि प्रदेश १ सरकारको स्वीकृति

विराटनगर, चैत ४
प्रदेश १ सरकारले प्रदेश लोक सेवा आयोग गठनका लागि विधेयक निर्माण गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश लोकसेवा आयोग गठनकोलागि सैद्धान्तिक स्विकृति प्रदान गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

साथै मुख्यमन्त्री ग्रामीण सडक संचालन कार्यविधि २०७५ को प्राविधिक शब्दावलीमा संसोधन गर्ने समेत निर्णय गरिएको उनले बताए । प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम पहिलो सशोधन पनि स्विकृत गरेको छ । प्रदेश सरकारले आफ्नै वार्षिक क्यालेण्डर बनाउने निर्णय गरेको छ ।

बैठकले प्रदेश आर्थिक कार्यविधि विधेयक निर्माण गर्न स्विकृति प्रदान गरेको छ । होली पर्वको अवसरमा झापा जिल्लामा दिइदै आएको पहाडी क्षेत्रमा दिइने दिनको विदालाई सच्याउन संघीय सरकारलाई अनुरोध गर्ने समेत बैठकले निर्णय गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.