विराटनगर, चैत ८
विराटनगरमा जारी पाँचौ संस्करणको साफ महिला फुलबल प्रतियोगिता अन्तर्गत खेलको टिकट मुल्य बढाएपछी विराटनगरमा खेलप्रमी दर्शकहरुले शुक्रबार प्रदर्शन गरेका छन् ।
बिराटनगरमा शुक्रबार हुने साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारतबीच हुने फाइनल खेलको टिकट दर बढाएपछि स्थानीय फुटबल प्रेमी दर्शकहरुले नाराबाजीसहित टिकट काउन्टर नै बन्द गराएका छन् ।
विना सूचना टिकट दर बढाइएको भन्दै दर्शकहरूले नाराबाजीसहित टिकट काउन्टर बन्द गराएका हुन् । टिकट काउन्टर ११ बजेदेखि खुल्ला गर्ने भनिए पनि अझै खुल्न सकेको छैन । यस अघिका सवै खेलको २ सय र ३ सय रुपैयाँमा खेल हेर्दै आएका दर्शकले आज फाइनल खेल हेर्न ५ सय रुपैयाँ खर्चनुपर्ने छ ।