विराटनगर चैत ८
पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको च्याम्पियन बने नेपाली टिमका खेलाडीलाई प्रदेश १ सरकारले जनही २ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
शुक्रबार विहान विराटनगरमा बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले उपाधि रक्षा गरेमा नेपाली खेलाडीलाई जनही २ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
उपविजेता मै चित्त बुझाउनु पर्ने अवस्था आए पनि खेलाडीलाई जनही १ लाख रुपैयाँ दिने निर्णय सरकारले गरेको छ । प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले खेलाडीलाई हौशला प्रदान गर्न प्रोत्साहन स्वरुप नगद पुरस्कार दिने निर्णय सरकारले गरेको जानकारी दिए ।
प्रदेशकै अस्थायी राजधानी विराटनगरमा यही फागुन २८ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल शुक्रबार दिउँसो ३ बजे सहिद रंगशालामा हुँदैछ ।