साफ उपविजेता महिला टोलीलाई प्रदेश प्रमुखको सम्मान

साफ उपविजेता महिला टोलीलाई प्रदेश प्रमुखको सम्मान

विराटनगरमा सम्पन्न पाचौ साफ महिला च्याम्पियनसीपको उपविजेता बनेका नेपाली राष्ट्रिय टोलीलाई सम्मान गरिएको छ ।

शनिबार प्रदेश एक प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङको सरकारी निवासमा खेलाडी तथा पदाथधिकारीलाई सम्मान गरिएको हो । सो क्रममा प्रदेश प्रमुख तुम्बाहाङले प्रदेशमा अन्र्तराष्ट्रिय प्रतियोगिता हुनु गौरवको विषय भएको बताए । चौथो पटक उपाधि विमुख बनेको नेपाली टोलीका सदस्यहरुलाई खेलमा हार जित हुने भएकाले निराश नहुन उनले आव्हान समेत गरे ।

यसप्रकारको प्रतियोगिता आगामी दिनमा पनि आयोजना गर्नुपर्नेमा जोडदिदैं प्रमुख तुम्बाहाङले अखिल नेपाल फुटबल संघलाई प्रदेशमा अन्र्तराष्ट्रियस्तरको फुटबलको वातावरण बनाउन आग्रह गरेका थिए। शुक्रबार सहिद रङशालामा सम्पन्न साफ उपाधि भिडन्तमा घरेलु टोली नेपाललाई भारतले एकका विरुद्ध तीन गोलले पराजित गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.