काठमाडौँ, चैत ११
नायक सलिनमान बनियाँको मुख्य भूमिका रहेको चलचित्र ‘यात्रा– अ म्युजिकल भ्लग’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलर सोमबार राजधानीमा आयोजित कार्यत्रमबिच सार्वजनिक गरिएको हो ।
ट्रेलरमा एक भ्लगिष्टको यात्रालाई देखाइएको छ भने मित्रता, प्रेम र द्धन्द्ध भरपुर रहेको छ । चलचित्रमा सलिनमा भ्लगरको भूमिकामा छन् भने नव–नायिका मलिका महत एक दृष्टिविहीनको भूमिकामा देखिएकी छिन् । ट्रेलरमा सलिन र मलिका बिचको सम्बन्धको उतारचढावलाई प्रस्तुत गरिएको छ ।
डेव्यु निर्देशक सम्रााट शाक्यको निर्देशन रहेको चलचित्र यात्रामा सलिन र मलिकाको अलावा सलोन बस्नेत, जान्हवी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई, विशाल कटवाल, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । केशव भट्टराई र चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको यात्रालाई सुशील पोखरेल, बिक्रम पराजुली, मुक्ति तिमिल्सिना, रामशरण घिमिरेको लगानी रहेको छ । चलचित्र यहि चैत्र २९ गतेबाट प्रदर्शन हुदैँछ ।









