यूरो कपको छनोट खेलमा भए रोनाल्डो घाइते

यूरो कपको छनोट खेलमा भए रोनाल्डो घाइते

एजेन्सी, चैत्र १२
युरो कप छनौट खेलमा साबिक विजेता टोली पोर्चुगलका स्टार प्लेयर क्रिस्टियानो रोनाल्डो घाइते भएका छन् । गत राति भएको दोस्रो खेलमा पोर्चुगल पाहुना टोली सर्बियासँग १–१ को बराबरीमा रोकिएको हो ।

३१औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डो घाइते भएर मैदान छाडेका थिए । यससँगै रोनाल्डो लामो समयपछि मैदान फर्किएकोमा चोटग्रस्त बनेका छन् । उनले दुई खेल खेले पनि गोल गर्न सकेनन् ।

स्मरण रहोस, केहि साता अघि भएको अर्जेन्टिना र भेनेजुएला बीचको खेलमा पनि बार्सिलोनाका स्टार लिओनेल मेस्सी घाइते भएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.