NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन् शुक्रबार साउन २ , २०८२
एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे शुक्रबार साउन २ , २०८२
सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने शुक्रबार साउन २ , २०८२
महिला फुटबल इतिहासकै महँगो खेलाडी बनेकी स्मिथ को हुन् ? शुक्रबार साउन २ , २०८२
Next
Prev

समाचार

ओली सरकार गठन भएको एक बर्ष भित्र देशमा घटेका प्रमुख ५ काण्ड (भिडियो सहित)

बुधबार चैत्र १३ , २०७५
Reading Time: 1 min read
A A
ओली सरकार गठन भएको एक बर्ष भित्र देशमा घटेका प्रमुख ५ काण्ड (भिडियो सहित)
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

काठमाडौँ, चैत १३
२०७४ साल फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले एक वर्षमा आफ्नो सरकारले समृद्धिका लागि आधार तयार गरेको दाबी गरेका छन् । तर, समृद्ध नेपाल र सुखी नेपालीको नारा दिएको ओली सरकारलाई आलोचकहरुले भने ‘कुरा धेरै, काम थोरै’ गरेको आरोप लगाउन भ्याए । यस अवधिमा देशमा घटेका प्रमुख ७ काण्ड यस्ता छन ।

काण्ड न. १ : ३३ किलो सुनकाण्ड
मोरङको उर्लाबारीका सनम शाक्यको हत्या भएपछि ३३ किलो सुनकाण्ड सार्वजनिक भयो । यो सालको सुरुमै सार्वजनिक भएको यो सुनकाण्ड अझैसम्म सुल्झिएको छैन् । सुन तस्करीमा ‘ठूला माछा’हरु पनि संलग्न भएको चर्चा सरकारी तवरबाटै चलाइयो । तर ती ठूला माछा कहाँ छन, को हुन् कसैलाई थाहा भएन । गोरेले प्रहरीबाटै आफू असुरक्षित रहेको बयान दिए । तर, सुन तस्करीको जरासम्म पुग्ने चासो न त प्रहरीले देखायो, न त सरकारले नै । ३३ किलो सुनकाण्ड अझैसम्म रहस्यको गर्भमै दबिएको छ ।

काण्ड न.२: निर्मला बलात्कार तथा हत्याकाण्ड
१० साउनमा कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । संचारमाध्यामले प्रमुखताका साथ यो विषय उठाइरहे । अहिले ७ महिना पूरा भयो, तर अहिलेसम्म सत्यतथ्य बाहिर आएको छैन । निर्मला प्रकरणमा प्रहरी शुरुदेखि नै विवादास्पद भूमिकामा देखियो । पञ्चायतकालको नमिता–सुनिता काण्ड झैं यो काण्ड पनि दिनानुदिन रहस्यको गर्भभित्र विलुप्त भैरहेको छ ।

काण्ड न.३:सिण्डिकेट काण्ड
सरकार गठन भएको केही समयमै यातायात क्षेत्रको सिन्डिकेट अन्य गर्न गृहमन्त्रालयले पहल ग¥यो । सिन्डिकेटलाई संस्थागत रुपमै हटाउन विभिन्न यातायात व्यवसायी संस्था खारेज गरेर कम्पनीमा दर्ता हुन सरकारले आदेश पनि दिएको थियो । सिण्डिकेट लगाउने शक्तिशाली यातायात व्यवसायी संस्थाहरुको बैंक खाता रोक्का गरियो ।तर गृह मन्त्रालयको यो पहल धेरै दिन टिक्न सकेन । दशैं लगायतका चाडपर्वमा यात्रुलाई सुविधा दिने कुनै योजना सरकारसँग थिएन । त्यसै क्रममा यातायात व्यवस्थाको जिम्मेवारी गृहमन्त्रालयको अधिकारक्षेत्रमा नआउने भन्दै भौतिक पूर्वाधार तथा यात्रायात मन्त्री रघुविर महासेठले हस्तक्षेप गरेपछि गृहमन्त्रालय पछि हट्न बाध्य भयो । सिण्डिकेट हटाएको नाममा अस्थायी वाहवाही कमाएको सरकारलाई केही समयभित्रै सिण्डिकेटले नै पराजित गरिदियो ।

काण्ड न.४: ‘सिधा प्रश्न’ काण्ड
सूचना तथा संचार मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई अप्ठ्यारो प्रश्न सोधेकै आधारमा नेपाल टेलिभिजनको सिधा प्रश्न कार्यक्रम बन्द गर्ने काण्ड यो सरकारको अर्को आलोचनायोग्य कदम थियो । कार्यक्रमका प्रस्तोता राजु थापाले मन्त्री बाँस्कोटालाई मन्त्रीपरिषदद्वारा सार्वजनिक सम्पत्ति विवरणका बारेमा केही प्रश्न सोधेका थिए । ती प्रश्नबाट आक्रोशित बनेका मन्त्री बाँस्कोटाले तत्कालै सो कार्यक्रम बन्द गर्ने आदेश दिएका थिए ।

काण्ड न.५: वाइडबडी काण्ड
ओली सरकारले महत्वका साथ प्रारम्भिक उपलब्धीको लिस्टमा राखेको वाइडबडी जहाज अन्ततः एक ठूलो भ्रष्टाचार काण्डमा परिणत भएको छ । संसदीय समितिले भ्रष्टाचार भएका ठहर गरेपनि छुट्टै समिति गठन गरेको सरकारले गठन गरेको छानबिन कहाँ पुग्यो पत्तो छैन । भ्रष्टाचार भएको समितिको ठहरपछि आन्दोलित हुदै विरोधमा उत्रिएको प्रमुख प्रतिपक्षी कांग्रेस पनि तत्कालीन समयमा प्रधानमन्त्री हुदाँ सभापति शेरबहादुर देउवाको भूमिका माथि प्रश्न उठन थालेपछि एकाएक बोली फेर्न बाध्य भयो । अझ पर्यटन मन्त्री रविन्द्र अधिकारीको देहवसानपछि त झन यो विषय छायाँमा परेको छ ।

काण्ड न.६: झुटो तथ्यांक काण्ड
जनताले अनुभूति गर्नसक्ने कुनै काम नगरेको भन्दै आफ्नै पार्टीभित्र आलोचना समेत खेपिरहेका प्रधानमन्त्री ओलीले आफ्नो शासनको पहिलो वर्षमै पटकपटक विभिन्न सम्बोधन, प्रचारप्रसारको शैली अपनाए । यसै क्रममा सरकारको १० महिना तथा चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको प्रगतिको तथ्याङक संसदमा पेश गरेका थिए ।तर, प्रधानमन्त्रीले सरकारी अभिलेखमै नभएको तथ्यांक प्रस्तुत गरेको तथा तथ्यांक तोडमोड गरेको भन्दै प्रधानमन्त्रीको चौतर्फी आलोचना भयो ।

काण्ड न.७: पोल पोलमा प्रधानमन्त्री काण्ड
नयाँ युगको शुरुवात भन्ने ट्यागलाइन सहित योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रचार गर्न सरकारले प्रधानमन्त्रीको फोटासहितको पोस्टर मंसिर ११ गते काठमाडौका विजुलीको पोलपोलमा झुण्ड्यायो । सरकारका प्रवक्ताले भने राम्रो कार्यक्रमको ब्राण्डिङ गर्न खर्च गर्नुलाई अन्यथा मान्न नहुने स्पष्टिकरण दिए । यता सरकारले कार्यान्वयनमा ल्याउन लागेको कार्यक्रमको यति तामझामसाथ प्रचार गरियो तर न्याय माग्दै बिजुलीका पोलमा टाँसिएको तस्बिर भने प्रहरी लगाएर हटाइयो । त्यतिमात्र हैन, काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भागमा टाँसिएका निर्मला पन्तका तस्बिर सरकारले जबर्जस्ती हटायो । प्रहरीले पोस्टर टाँस्ने युवालाई पक्राउ गर्याे ।

लोकप्रीय

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

शुक्रबार साउन २ , २०८२

विचार

थप समाचार

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्
अन्तरबार्ता

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने
ताजा समाचार

सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने
अन्तर्राष्ट्रिय

सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने

शुक्रबार साउन २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

World News: अमेरिकामा मूल्यबृद्धि, चिनियाँ अर्थतन्त्रमा हरियाली, सीको विदेशमन्त्रीहरुसंग भेट

00:17:16

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

00:17:08

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हिजो,आज र भोलिको अन्तरद्वन्द्व

हिजो,आज र भोलिको अन्तरद्वन्द्व

मङ्लबार साउन ३ , २०७९
तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२
जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

शुक्रबार साउन २ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.