एजेन्सी, चैत्र १५
जोसे मोउरिन्होको खराब व्यबस्थापनको कारण बीचमै बर्खास्ती बेहोरेका मोउरिन्होको स्थानमा कसलाई प्रशिक्षक राख्ने भन्ने बहस चलिरहँदा अस्थाई रूपमा केहि समय ओले गुनार सोल्जैकरलाई नियुक्त गरिएको थियो । १९ ओटा खेल खेलिसक्दा १४ ओटामा जित दर्ता गर्दै २ खेलमा बराबरी तथा ३ खेलमा हार बेहोर्दै क्लबको इज्जत जोगाएका थिए । जसकारण गुनारलाइ स्थाई रुपमै प्रशिक्षकमा नियुक्त गरिएको छ ।
क्लबका तर्फबाट भाइस चेयरमेन इड उडवार्डद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘डिसेम्बरमा निमित्त प्रशिकका रूपमा टोली सम्हालेयता ओलेले टिमलाई जुन दिशा दिएका छन्, त्यसले उनलाई थप जिम्मेवारीको हकदार बनाउँछ । उनले आगामी दिनमा क्लबलाई थप सफलता दिलाउने क्लबले अपेक्षा लिएको छ ।’
युनाइटेडले यसअघिका पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्होको नेतृत्वमा लगातार खराब नतिजा आएपछि उनलाई बर्खास्त गर्दै गुनरलाई टोलीको नेतृत्व दिएको थियो । युनाइटेड हाल प्रिमियर लिगमा ३० खेलबाट ५८ अंक बनाएर लिगको पाँचौं स्थानमा छ भने च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेश गरेको छ । सो चरणमा उसले स्पेनिस बार्सिलोना प्रतिस्पर्धी पाएको छ ।