नेपालमै भेटियो हतियार कारखाना

नेपालमै भेटियो हतियार कारखाना

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका ५ डीएसपी रोडस्थित एउटा घरमा हतियार कारखाना फेला परेको छ । वडा प्रहरी कार्यालय र प्रदेश ५ प्रहरी अनुसन्धान समूहले संयुक्त रुपमा छापा मार्दा हतियार बनाइरहेको अवस्थामा जंगवीर नेपाली पक्राउ परेका छन् ।

घर खानतलासी गर्दा हतियारमा प्रयोग हुने नाल १० थान, काठको कुन्दा ७ थान, हतियारमा नम्बर ठोक्न प्रयोग हुने साँचो २६ थान, एयर गन पेस्तोल १ थान, लामो स्प्रिङ ३ थान, बाकस बरामद भएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख निरीक्षक नारायण डाँगीले जनाकारी दिए ।

प्रहरी टोली पुग्दा नेपाली दुई तले पक्की घरको भुइँतलाको साँघुरो कोठामा हतियार बनाउँदै थिए । यो समाचार आजको अन्नपुर्ण पोस्ट दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.