डिभोर्सको तयारीमा निक र प्रियङ्का !

डिभोर्सको तयारीमा निक र प्रियङ्का !

एजेन्सी, चैत १७
बलिउड अभिनेत्री प्रियङ्का चोपडा र अमेरिकी गायक निक जोनसले करिब चार महिनाअघि भारतमा धूमधामसँग विवाह गरे ।

यी दुईको विवाह बिश्वव्यापीरुपमा चर्चा भयो । तर अचम्मको कुरा पछिल्लो केही समय यता यी दुईको डिभोर्स हुने चर्चा भने चल्न थालेको छ ।प्रियङ्का र निक एकअर्कामा खुसी नरहेको र यो दाम्पति डिभोर्सको लागी अगाडी बढेको अमेरिकाको ओके म्यागेजिनले जनाएको छ ।

सो म्यागेजिनमा करिब १ वर्षको प्रेमसम्बन्धपछि विवाहमा बाँधिएका यो जोडी देखेर निकको परिवार खुसी नभएको उल्लेख गरिएको छ । प्रियङ्काले विवाह लगत्तै बन्देज लगाउन सुरु गरेपछि निकको परिवारले डिभोर्सको लागी सल्लाह दिएको म्यागजिनमा लेखिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.