आठ वर्षमा साढे ५७ लाख एमआरपी वितरण

आठ वर्षमा साढे ५७ लाख एमआरपी वितरण

काठमाडौं : आठ वर्षमा ५७ लाखभन्दा बढी मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण गरिएको छ । एमआरपी लिनेमा अधिकांश पुरुष रहेका छन् ।

सन् २०१० डिसेम्बरदेखि एमआरपी वितरण सुरु भएको थियो । त्यसयतअ २०१९ जनवरीसम्म ५७ लाख ४० हजार नौ सय ७१ राहदानी वितरण भएको राहदानी विभागले जनाएको छ । विभागका अनुसार एमआरपी लिनेमध्ये ८० प्रतिशत पुरुष र ११ लाख ६ हजार नौ सय ८० महिलाले एमआरपी लिएका छन् । यस्तै, अन्य परिचय खुलाएर एमआरपी लिनेको संख्या २६ मात्रै छ ।

राहादानी विभागका सूचना अधिकृत तीर्थराज अर्यालले जनवरीसम्म वितरण भएको एमआरपीमा पुरुषको संख्या धेरै रहेको बताए । ‘वैदेशिक रोजगारीमा जाने पुरुषको संख्या बढी भएकाले यसो भएको हुन सक्छ । तर, आधिकारिक कारण खोजी भएको छैन,’ अर्यालले भने ।, यो समाचार टेकराज थामीले नयाँ पत्रिकामा लेखेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.