त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजबाट १० घण्टा बन्द हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजबाट १० घण्टा बन्द हुने

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज (सोमबार) बाट दैनिक १० घण्टा बन्द हुने भएको छ । धावनमार्ग स्तरोन्नतिको काम गर्न विमानस्थल बन्द गर्न लागिएको हो । सोमबारबाट राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टा विमानस्थल बन्द हुनेछ ।

जेठ १५ पछि विमानस्थल साबिक बमोजिम खुल्नेछ । जेठ १५ पछि भने २४ घण्टा नै विमानस्थल खुल्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनायो ।

सन् १९७५ ताका निर्माण गरिएको विमानस्थलमा तीन हजार मिटर लामो धावनमार्ग छ । धावनमार्ग छ । धावनमार्गको ऊबेलाको पिच पूरै फालेर नयाँ पिच गर्न लागिएको हो ।,यो समाचार आजको नागरिक दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.