ईलाम, चैत १८
ईलामको सूर्योदय नगरपालिका–९ बरबोटेमा आइतबार मासु काट्ने बामफोकले घाँटी रेटेर १ पुरुषले आत्महत्या गरेका छन् । अत्याधिक मादक पदार्थ सेवन गरेका सोही स्थान बस्ने ३९ वर्षीय बिजय राईले राती साढे ९ बजे मासु काट्ने बामफोकले आफ्नै घाँटी रेटेका थिए ।
घाँटी रेटेर गम्भीर घाइते भएका राईलाई उपचारको लागि बिर्तामोड स्थित बि.एण्ड.सी. अस्पताल झापा पठाईएकोमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।