एजेन्सी, चैत १८
जारी आईपीएल अन्तरगत दिल्ली क्यापिटल र किङ्स ११ पन्जाबबीचको खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेले आज पनि एक विकेट लिएका छन् ।
दिल्लीको लागि सन्दीपले आफ्नो पहिलो ओभरमै विकेट लिएका हुन् । आजको खेलमा पन्जाबका एस कुरानलाई एलबिडब्लु गरेका हुन् । सन्दिपको पहिलो ओभरको तेस्रो बलमा कुरानले छक्का प्रहार गरेका थिए । त्यसलगत्तै सन्दिपले विकेट लिएका हुन् । अहिले खेल जारी छ ।
जारी आईपीएलमा यसअघि शनिबार कोलकतासँगको खेलमा मौका पाएका सन्दीपले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिएका थिए ।