फास्ट ट्र्याक : लागत १ खर्ब बढ्ने, निर्माण अवधि दुई वर्ष लम्बिने

फास्ट ट्र्याक : लागत १ खर्ब बढ्ने, निर्माण अवधि दुई वर्ष लम्बिने

काठमाडौँ : राजधानीलाई तराई–मधेससित जोड्ने फास्टट्र्याक (द्रुत मार्ग) को लागत करिब १ खर्ब बढ्ने भएको छ । निर्माण अवधि झन्डै दुई वर्ष लम्बिने भएको छ ।

कोरियाली कम्पनी सुसुरुङले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ले द्रुत मार्गको लागत र निर्माण अवधि दुवै बढ्ने निष्कर्ष निकालेको हो ।

भारतीय कम्पनी आईएल एन्ड एफएसले तयार गरेको डीपीआरमा दु्रत मार्गको निर्माण लागत १ खर्ब १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो ।

निर्माणको जिम्मा पाएको नेपाली सेनालाई कोरियन कम्पनी सुसुङले दुई साताअघि बुझाएको डीपीआरमा दु्रत मार्ग बनाउन २ खर्ब लाग्ने उल्लेख गरेको जानकारी उच्च सैनिक स्रोतले दिएको छ ।,यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.