चौबिस घण्टामा १ नम्बर प्रदेशका ७ सय ८२ वटा सवारी साधनलाई कारबाही

चौबिस घण्टामा १ नम्बर प्रदेशका ७ सय ८२ वटा सवारी साधनलाई कारबाही

विराटनगर, चैत २०
मंगलबार बिहान ६ बजेदेखि बुधबार बिहान ६ बजे सम्म १ नम्बर प्रदेशका ७८२ वटा सवारी साधनलाई कारबाही गरिएको छ ।१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट सो संख्यामा सवारी नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गरिएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

जस अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १८ जना, मोटरसाईकलमा ३ जना चढेर यात्रा गर्ने ८ जना, क्षमता भन्दा बढी मालसामान ढुवानी गर्ने १०८ जना, सवारी चालक अनुमति पत्र नभएका ३३ जना रहेका छन् ।त्यस्तै छतमा लगेज १ जना, विना हेल्मेट मोटरसाईकल चलाउने ४ जना ,सवारी चालक अनुमति नभएकालाई सवारी साधन चलाउन दिन ९ जना, जथाभावी पार्किङ्ग गर्ने २३ जना, रोक्न निषेधमा सवारी साधन रोकेको ५६ जना, पार्किङ्ग निषेधमा सवारी साधन पार्किङ्ग गरेको १० जना, सुरक्षा पेटी नबाधेको १० जना, कागज पत्र साथमा नराखेको १९९ जनालाई कारबाही गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै ट्राफिक इशारा उल्लघन ८ जना, सवारी साधनको बत्तीको अवस्था ठिक नभएको ३८ जना, तिब्र गतिमा सवारी चलाएको १८ जना, हर्न निषेधमा हर्न बजाएको १ जना, विना रुट परमिट संचालन गरेको ३ जना, ढोका खुल्ला गरी सवारी साधन चलाएको १६ जना, हद भन्दा बढी मालसामान ढुवानी गरेको ४६ जना, लापरवाही साथ सवारी साधन चलाएको १७३ जना गरी जम्मा ७८२ जना सवारी चालक तथा धनीहरु ट्राफिक कारवाहीमा परेका छन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.