विराटनगर, चैत २०
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली नेपाल सरकारको राष्ट्रिय विकास परिषद्को सदस्यमा नियुक्त भएका छन् ।नेपाल सरकार मन्त्री परिषदको चैत ११ गतेको निर्णय अनुसार पराजुली परिषदको सदस्यमा नियुक्त भएका हुन् ।
मेयर पराजुलीले मंगलबार राष्ट्रिय योजना आयोगका सदस्य सचिव लक्ष्मण अर्यालको हस्ताक्षर भएको पत्र बुझिसकेका छन् ।योजना आयोगद्धारा तयार गरिएको पन्ध्रौँ योजना आगामी आर्थिक वर्ष २०७६–७७ देखि कार्यान्वयनमा ल्याउने तयारी छ । पन्ध्रौँ योजनालाई अन्तिम रुप दिने तयारी भईरहेको बेला मन्त्री परिषद्ले पराजुलीलाई सदस्यमा नियुक्त गरेको हो ।
नेपाल राष्ट्रिय विकास परिषद् नेपाल सरकारको विकास योजनाको लागि एउटा महत्वपूर्ण अंग हो । पराजुली सदस्यमा नियुक्त भएसँगै विराटनगर लगायत १ नम्बर प्रदेशका स्थानीय तहहरुमा विकास निर्माणका योजना प्रथामिकतामा पर्ने अपेक्षा गरिएको छ ।