जन्मको आधारमा नागरिकता पाएका सन्तानलाई नागरिकता दिन बाटो खुल्यो

जन्मको आधारमा नागरिकता पाएका सन्तानलाई नागरिकता दिन बाटो खुल्यो

जन्मको आधारमा नागरिकता प्राप्त गरेकाहरूका सन्तानलाई सरकारले पुनः नागरिकता वितरण गर्ने भएको छ । उनीहरुलाई वंशजको आधारमा नागरिकता वितरण गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुमा परिपत्र गरेको छ ।

नेपाल नागरिकता ऐन, २०६३ संशोधनका लागि संसदमा विधेयक पेश भएपछि जन्मका आधारमा नागरिकता प्राप्त गरेकाको सन्ततिको नागरिकता वितरण सरकारले रोकेको थियो । संसदमा विधेयक विचाराधीन रहेको तर्क गर्दै नागरिकता वितरण रोकिएपछि जन्मका आधारमा नागरिकता लिएकाको सन्तानहरु नागरिकता लिनबाट वञ्चित हुँदै आएका थिए । नागरिकता पिडितहरु समूह बनाएर नै आन्दोलन नै गर्दे आएका थिए । मोरङका युवासमेत नागरिकता पिडित समूह बनाएर नागरिकताका लागि दबाव दिदै आएका थिए । नागरिकता वितरण रोकिएपछि अन्यायमा परेको गुनासो गर्दै प्रभावितहरुले सर्वोच्च अदालत समेत गुहारेका थिए । जसमा सर्वोच्चले प्रभावितहरूकै पक्षमा फैसला गरेको थियो ।

सर्वोच्चको फैसला र सेवाग्राहीको गुनासोपछि मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै जन्मका आधारमा नागरिकता लिएकाको सन्ततिलाई वंशजका आधारमा नागरिकता दिन निर्णय लिएको गृह मन्त्रालयले जनाएको छ । गृहले मंगलबार नै यसबारे आफू मातहतका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । परिपत्रमा नागरिकता प्रमाणपत्र वितरण कायविधि निर्देशिका, २०६३ बमोजिम वंशजको आधारमा नागरिकता प्रदान गर्न भनिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.