कतै राहतकाे खातैखात, कतै पुर्पुरोमा हात

कतै राहतकाे खातैखात, कतै पुर्पुरोमा हात

हर्दिया : सुवर्ण गाउँपालिका–४, हर्दिया गाउँ बारा सदरमुकाम कलैयाबाट १३ किलोमिटर टाढा छ। तर आइतबार रातिको हावाहुरीसँगै भग्नावशेषमा परिणत हर्दियाको दलित बस्तीलाई अझै उद्धार र राहतले छुन सकेको छैन। तीन रात खुला आकाशमुनि बिताएका स्थानीयले बुधबारसम्म नगरपालिकाले चलाएको मेस (सामूहिक भोजन) मा बिहान–बेलुकाको खानाबाहेक केही पाएका छैनन् भने अवस्था बुझ्न राजनीतिक दलका शीर्ष नेताहरू पनि त्यहाँ पुगेका छैनन्।

प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपालसहितका शीर्ष नेताहरू बारा÷पर्साको प्रभावित क्षेत्र निरीक्षणमा आउन–जाने क्रम चलिरहेको छ। हावाहुरीबाट सबैभन्दा बढी प्रभावित फेटा गाउँमा सबैको ध्यान केन्द्रित भए पनि हर्दियाका पीडितप्रति सरोकारवाला कुनै पक्षको पनि ध्यान पुगेको छैन।, यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.